दीपाश्री निरौला अभिनित म्युजिक भिडियो ‘कति बस्छ्यौ माइतीकै कौसीमा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं – छक्कापञ्जा टिमले तयार पारेको ‘कति बस्छ्यौ माइतीकै कौसीमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतको म्युजिक भिडियो बिहीबार म्युजिक नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । यो गीत पुरानो भर्जनमा पनि चर्चित हो । तर यसलाई हिमाल श्रेष्ठ र अन्जु पन्तको स्वरमा रिमेक गरिएको हो ।

यसअघिको ओर्जिनल स्वर स्वर्गिय गायक राम थापाकोको रहेको थियो । नयाँ भिडियोमा दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्