अब विश्व महामारीका लागि तयार रहनुपर्छ : WHO

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको सम्भावित ‘महामारी’बाट बच्नका लागि थप तयारी गर्नुपर्ने आवश्यकता औँल्याएको छ । डब्लूएचओले कोरोनाभाइरसलाई अहिले नै ‘महामारी’ करार गर्न चाँडो भए पनि विश्वका अन्य देशहरुले यसका लागि तयार रहनुपर्ने बताएको हो ।
‘महामारी’ भन्नाले विश्वमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने संक्रामक रोगलाई भनिन्छ । यतिबेला चीनबाहिर कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्दो छ । दक्षिण कोरिया, इटाली र इरानमा यसको संक्रमणमा भएको वृद्धिले चिन्ता थपेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्