दक्षिण कोरियामा कोरोना: नेपाली सुरक्षित, ‘पर्ख र हेर’को रणनीतिमा इपिएस

नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको सङ्क्रमणमा छ ।

दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघिसकेको छ भने आठ जनाको मृत्यु भइसकेको छ । कोरियामा अहिले करिब ४० हजारको हाराहारीमा नेपाली नागरिक रहेका छन् ।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने तयारीमा रहेका युवामा पनि कोरोनाको संक्रमणले थप अन्योल सिर्जना गरेको छ । कामको सिलसिलामा कोरियामा रहेका नेपालीका अभिभावक पनि चिन्तामा छन् ।

वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले नेपाल ‘पर्ख र हेर’को रणनीतिमा रहेको जनाएको छ । यसैबीच सियोलस्थित नेपाली दूतावासले कोरियामा कार्यरत नेपाली कामदारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणको शङ्का लागेमा अवैधानिकरुपमा त्यहाँ रहेका विदेशीले समेत सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच तथा उपचार गराउन र सोको क्रममा पक्राउ नगर्ने जनाएको छ ।

श्राेत : नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्