किन र कसरी भयाे तत्कालिन पर्यटनमन्त्री अधिकारीसहित ७ जना चढेकाे हेलिकप्टर दुर्घटना ?

PHOTO : Gorkhapatra

एक वर्षअघि तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङ पाथिभरामा भएको हेलिकप्टर दुर्घटनाको छानविन आयोगले कारण पत्ता लगाएको छ । मुख्यत : पाइलट अति उत्साहित भएका कारण हुनसक्ने बताएको छ ।
‘प्रतिकूल मौसमबीच पाथिभराको हेलिप्याडबाट उडान गर्नासाथ पाइलट अति उत्साहित अवस्थाबाट प्रभावित भएको हुनसक्ने देखिन्छ । त्यसपछि पाइलटले तुरुन्तै जोडसँग आएको हावाको झोक्का र हिमपातले उहाँलाई मौसमको प्राविधिक जानकारीका आधारमा मात्र उडान गर्नुपर्ने अवस्थामा पुर्याउँछ । त्यहाँको अवस्थागत जानकारी र हेलिकप्टरको नियन्त्रण गुमाउँन पुग्छन र अन्ततः जमिनमा बजारिन्छ,’ दूर्घटनाको संभावित प्रमुख कारणबारे प्रतिवेदनमा भनिएको छ ।
सरकारले गतवर्ष यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठन गरेको आयोगले सो प्रतिवेदन आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई बुझाएको हो । समितिमा व्रिगेडियर जनरल दीपकप्रसाद बास्तोला र अवकाशप्राप्त पाइलट कर्णेल प्रमोदकुमार लामा सदस्य थिए भने बुद्धिसागर लामिछाने सदस्य सचिव थिए ।

सो आयोगले दुर्घटना हुनुका ६ कारण बताएको छ । त्यसमा प्रतिकूल मौसम, अघिल्लो सिटमा क्षमताभन्दा बढि लोड (भार) र विग्रँदो मौसमका कारण त्यहाँ रहेका व्यक्तिहरु छिटोभन्दा छिटो त्यहाँबाट निस्कने चिन्ता बताइएको छ । त्यसैगरि, विन्डसिल्डको बाहिरीभागमा हिउँ जमेका कारण बाहिरी दृष्य (भिजिबिलिटी) कम हुनु, संस्थाको पर्याप्त संचालन निगरानीको कमी र उडानपूर्वको तयारीमा कमी तथा व्यक्तिहरुको लोड आँकलनको कमीलाई पनि दूर्घटना निम्त्याउने कारणको रुपमा बताइएको छ ।

साभार :  नेपाल खबर अनलाइन

तस्बिर : गाेरखापत्र अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्