ज्योति मगर स्टेजमा नाचिरहँदा महेन्द्रनगर महाेत्सवमा तनाव, ५ जना पक्राउ

कञ्चनपुरको महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ मा तनाव उत्पन्न भएको छ ।कलाकार ज्योति मगर स्टेजमा नाचिरहँदा उत्तेजित युवाहरुको समूहले होहल्ला गर्दै मञ्चमै चढ्ने प्रयास गरेपछि मेलामा झडपको स्थिती आएको थियो । जसमा बाट ५ जना पक्राउ परेका छन् । सोमवार गायिका ज्योति मगर, गायक सुरेश चोखाल, बेली डान्सर बिनु शाक्यको प्रस्तुति रहेको थियो । ज्योति मगरको प्रस्तुतिका बेला होहल्लाका साथै उच्छृंखल गतिविधि भएको हो ।
उत्तेजित भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको थियो । जसका कारण केही युवा घाइते भएका हुन् । झडपमा तीन प्रहरीसमेत घाइते भएका प्रहरीले जनाएको छ । महोत्सवमा उच्छृंखल गतिविधि गर्ने ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । झडप पछि महोत्सवको माहोल अशान्त बनेपछि केही समयका लागि अवरुद्ध भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्