दशैँ खर्च वापतको रकमबाट बुवा गुमाएका भाट परिवारका लागि लत्ताकपडा किन्ने युवा समाजसेवी मिश्रको घोषणा

युवा समाजसेवी बासुदेव मिश्रले यसपालिको दशैँ नमाउने र दशैँ खर्च वापतको पैँसा सानै उमेरमा वुवा गुमाएका परिवारका भाईबहिनीहरुका लागि लत्ताकपडा खरिद गर्ने बताएको छ । दशैँको समयमा आफ्नो घरपरिवार भेटघाट गर्न भनेर घर फर्किने बेला दुर्घटना परी निधन भएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै यसपालिको दशैँ नमाउने र उक्त दशैँ खर्च वापतको भारतीय रुपैया एक हजारले हुन आउने नेपाली रु १ हजार ६ सय रुपैयाँ दार्चुलाको लेकम गाउँपालिका वडा नं. ६ को उचाकोटमा सानै उमेरमा वुवा गुमाएको स्व. दयाल सिँह भाटका परिवारका साना बालबालिकाको लागि लत्ताकपडा खरिद गरि हस्तान्तरण गर्ने बताएको छ ।

दशैँ मनाउन घर फर्किनेक्रममा मुगुमा भएको बस दुर्घटनामा परि ३२ जनाले ज्यान गुमाएको थियो भने कास्कीमा ८ जनाको ज्यान गएको थियो । यसैगरि अछाममा भएको जीप दुर्घटनामा परि ४ जनाको निधन भएको दुःख को घडीमा आफुलाई दशैँ मनाउन इच्छा नलागेको र दशैँमा हुने न्यूनतम खर्च वापतको नेपाली रुपैँया १६०० वापत मृतक धामी परिवारका बावुनानीहरुको लागि लत्ताकपडा खरिद गर्ने उहाँले बताउनुभयो ।

उपहार खबरसँग कुराकानी गर्दै समाजसेवी मिश्रले भन्नुभयो दशैँ आउछ जान्छ । अर्काे बर्ष मनाउला तर यस बर्ष भएको बस दुर्घटनाले दशैँ मनाउने इच्छा नै हरायो, त्यसैले उक्त दशैँ खर्च वापतको पैसाले मृतक धामी परिवारका ४ जना बच्चाहरुको लागि ४ जोडी लुगा किन्ने र छिटो भन्दा छिटो धामी परिवारलाई पठाउनेछु ।

दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नं. ६ उचाकोट (अठेगाडा) बस्ने स्व. लक्ष्मण सिँह भाटका छोरा दयाल सिँह भाटको गत भाद्र २१ गते उपचारको क्रममा भारतको दिल्लीमा निधन भएको थियो । उहाँका १ महिने शिशु सहित ४ जना स–साना बालवालिका रहेका छन् । आर्थिक अवस्था समेत एकजमै नाजुक रहेको परिवारमा विहान बेलुकाको छाक टार्न समेत मुस्किल परेको अवस्था छ ।

दार्चुलाको लेकम गाउँपालिका वडा नं. ६ मेल्लाउँमा जन्मथलो भई हाल कञ्चनपुरको शुक्लफाँटा नगरपालिका वडा नंं ८ फुलेलीमा बस्दै आउनुभएका बाशुदेव मिश्र हाल कामको शिलसिलामा भारतको नयाँ दिल्लीमा हुनुहुन्छ । उहाँले विभिन्न समयमा समाजसेवामा संलग्न हुनुहुन्छ । उहाँले केहि समय अगाडी मृतक धामी परिवारका स–साना बालबालिकाको लागि भनेर नेपाली १०,००० (दश हजार) रुपैँया हस्तांतरण गरिसक्नुभएको छ । यस्तै उहाँले केहि समय अगाडी दार्चुलाको लेकम गाउँपालिका वडा नं.५ बम्नेतमा छोरा गुमाएको अति विपन्न परिवारको लागि भनेर १७ हजार ६ सय ४८ रुपैँया संकलन गरि परिवार हस्तान्तरण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्