आईपीएल क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले हात पार्न सफल

काठमाण्डौ –  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि  चेन्नई सुपर किङ्ग्सले जितेको छ। यूएईमा गएराति भएको खेलमा कोलकाता नाइटराइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो ।

चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ६५ रन बनाउन सक्यो ।

कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै भेन्कातेस एयरले ५०, शिवम माभीले २० र लक्की फर्गुसनले १८ रन जोडे । चेन्‍नईका सार्दुल ठाकुरले ३ तथा रविन्द्र जडेजा र जोश हाजलउडले दुई÷दुई विकेट लिए ।

यस्तै, दीपक चाहर र ड्वाने ब्राभोले एक÷एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।

चेन्नईका फाप डुु प्लेसिसले ८६ रनको अर्धशतकीय पारी खेले भने मोइन अलीले ३७, रुतुराज गायकवाडले ३२ र रोबिन उथप्पाले ३१ रन जोडे । कोलकाताका सुनिल नापरनले २ तथा शिवम माभीले एक विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्