आज वाग्मती, प्रदेश–१ र २ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डौ – देशका धेरै ठाउँमा अबको एक/दुई दिन पानी पर्ने मौसमविद्ले बताएका छन् । केही दिनदेखि देशका धेरै ठाउँको मौसम सफा रहे पनि अब पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलिदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले आजदेखि नै नेपालमा आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । आज प्रदेश १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

भोलि भने प्रदेश १, २, वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने र कर्णाली प्रदेशका केही ठाउँमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् कँडेलले बताउनुभयो ।

उहाँका अनुसार केही ठाउँमा भोलिदेखि केही दिन मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित ठूलो वर्षाको समेत सम्भावना रहेको छ। यस्तै, हिमाली जिल्लामा हिमपातको समेत सम्भावना छ । मौसमविद्ले यो समयमा खेतिपाती गर्दा र यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्