आज पनि आफ्ना मान्यजनबाट टीका थापेर आर्शीवाद लिँदै, असनमा आज विजया दशमी

काठमाण्डौ – काठमाण्डौको असनका स्थानीय बासिन्दाले आज मात्र विजया दशमीको टीका थाप्छन् । हरेक वर्ष एकादशीका दिन असनका बासिन्दाहरुले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी विजया दशमी मनाउने गर्दछन् ।

आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा निकालिने गरिन्छ । असनमा रहेको अन्नपूर्ण अजिमाको मन्दिर नजिकै रहेको आगम घरबाट दिउँसो १ बजेपछि खड्ग जात्रा निस्कने छ

अनसन बाहेक अन्य क्षेत्रमा भने हिजै विजया दशमी मनाइएको छ । विजया दशमीको दिन हिजो टिका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिँदै छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्