साफ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं– माल्दिभ्समा जारी साफ च्याम्पियनशीप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे माले रंगशालामा सुरु हुनेछ । आजको खेलमा बराबरी वा जितको नतिजाले पनि नेपालले फाइनलमा स्थान बनाउने छ । प्रिम्याच कन्फ्रेन्समा बोल्दै सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाललाइृ इतिहास रच्ने मौका र विश्वास रहेको बताउनु भएको छ ।

अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा समेत नपुगेको नेपाललाइ आज उपाधि नजिक पुग्ने अवसर रहेकोछ । नेपाल र बंगलादेशबीच अहिलेसम्म साफ च्याम्पियनशीपमा सातपटक आमनेसामने भएको छ । जसमा नेपालले तीनपटक र बंगलादेशले चारपटक जीत हासिल गरेका छन् ।

पछिल्लो त्रिकोणात्मक खेलमा भने नेपालले बंगलादेशलाई हराउँदै उपाधी आफ्नो कब्जामा पारेको थियो । नेपालले सुरुआती दुई खेलमा लगातार माल्दिभ्सलाई १–० ले र श्रीलंकालाई ३–२ ले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल भारतसँग १–० ले पराजित भएको थियो । आजै भारतले माल्दिभ्स विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।–

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्