पाकिस्तानमा भूकम्प, कम्तीमा २० जनाको मृत्यु

पाकिस्तान – पाकिस्तानको बलोचिस्तानमा बिहीबार बिहान गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विपद् व्यवस्थापन अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने पनि बताएका छन् ।

सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरहरूमा क्वेटा सहरका मानिसहरू भूकम्पपछि सडकमा बसिरहेको देख्न सकिन्छ । प्रारम्भिक रिपोर्ट अनुसार भूकम्पको तीव्रता ५.७ रेक्टर स्केलको रहेको थियो । सरकारी अधिकारीहरूले भवनहरू भत्किँदा मानिसहरूले ज्यान गुमाएको बताएका छन् । स्थानीय अधिकारीहरूले बीबीसी उर्दूसँग कुराकानी गर्दै कम्तीमा १५० जना घाइते रहेका छन् । धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

उद्धार कार्य अहिले पनि जारी रहेको छ । रोयटर्स न्युज एजेन्सीका अनुसार मारिनेमा धेरै महिला र बालबालिका रहेका छन् । सबैभन्दा धेरै क्षति हरनाई जिल्लामा भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । हरनाई प्रान्तीय राजधानी क्वेटाभन्दा पूर्वमा रहेको छ । बलोचिस्थानका गृहमन्त्री मिर जियाउल्लाह लाङ्गुले प्रभावित क्षेत्रमा उद्धारकर्मीहरू खटाइसकिएको जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्