आफ्नै खुट्टाको मासु काटेर बाल बच्चालाइ खुवाउने गीतको भिडियो सार्वजनिक

काठमाडौँ – चर्चित गायक तथा निर्देशक सौगात ओझाको निक्कै मार्मिक एवं मनछुने गीत “गरिबको चाडबाड” सार्वजनिक भएको छ । नेपाली म्यूजिक भिडियोको इतिहास मै आफ्ना बच्चाहरुलाई दशैँमा खुसी पार्न आफ्नै खुट्टाको मासु काटेर पकाई खुवाउनु पर्ने अवस्थाको सामाना गर्नुपर्ने पीडालाई समेटिएको गीत सौगात ओझा नामको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीत संगीत क्षेत्रमा फरक विषयबस्तु समेटेर तयार पारिएको गीतमा गरिबहरुका अनेक व्यथा र परिस्थितिलाई समावेश गरिएका छन् । सौगात ओझाको स्वरमा रहेको उक्त गीतमा अभिनय सौगात ओझा, एन्जल, जेनिका, सरु रानी, रुद्र, असोक, निर्मलले गरेका छन् । शब्द संगीत समेत गायक सौगात ओझा कै रहेको छ भने निर्देशक समेत गायक ओझाले गरेका छन् ।

अमित बिकले छायांकन तथा सम्पादन गरेको उक्त भिडियो सार्वजनिक हुन बाँकि रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्