आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै दिल्ली शीर्षस्थानमा

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराती दुबईमा भएको खेलमा मा चेन्नई सुपर किङ्ग्सलाई हराउँदै दिल्ली क्यापिटल्स अङ्कतालिकाको शीर्षस्थानमा पुगेको छ ।
दिल्लीले चेन्नईलाई ३ विकेटले हराएको हो । चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर भेट्टायो । दिल्लीको जितमा शिखर धवनले ३९ रन तथा सिम्रन हिटमायरले अविजित २८ रन जोडे ।

चेन्नईका रविन्द्र जडेजा र शार्दुल ठाकुरले २÷२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।
चेन्नईका अम्बाती रायडुले अविजित ५५ रनको अर्धशतकीय पारी खेले । दिल्लीका अक्षर पटेलले २ विकेट लिए ।
दिल्लीको १३ खेलमा २० अङ्क छ । समान खेलमा १८ अङ्क रहेको चेन्नई दोस्रो स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्