मन्त्रिपरिषद् विस्तार अझै अन्यौलमा, प्रधानन्यायाधीश जबराले मागे दुई मन्त्रालय

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वन तथा वातावरण अनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो भागबण्डामा पर्नुपर्ने दावी गरेको खुलेको छ ।
मन्त्रालय बाँडफाँटमा भाग खोजेका प्रधानन्यायाधीश जबराले दुई मन्त्रालय नपाएको अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दिनुपर्ने माग राखेको छ । तीन चरणमा गरेर ५ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका देउवाले १६ मन्त्रालय आफैंसँग राखेका छन् । जबराले मागेको सञ्चार मन्त्रालय दिन भने देउवा असहमत देखिएका छन् जसका कारण मन्त्रिपरिषद विस्तार अझै अन्यौलमा परेको छ ।

जम्मा मन्त्रालय संख्या २१ छ, दलभित्र आकांक्षी धेरै भएकाले सबै दल सकेसम्म धेरै मन्त्रालय लिन चाहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले २८ असारमा संसद पुनर्स्थापनाका साथै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सभापति देउवाले ३ साउनमै विश्वासको मत लिइसके । तर अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैनन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्