अर्थ सराेकारमा कर्मचारी आवश्यकता, नजानेकालाई सिकाइने

शुभम् मिडिया प्रा.लि. द्वारा सञ्चालित आर्थिक समाचार पोर्टल www.arthasarokar.com का लागि केही कर्मचारी माग गरिएको छ । आर्थिक क्षेत्रको अग्रणी अनलाइन पत्रिकाको रुपमा सञ्चालन हुदैँ आएको अर्थ सरोकार डट कममा रिसेप्सननिष्ट, रेडियोकर्मी, टेलिभिजनकर्मी, अनलाईन संवाददाता, पीआर अफिसर लगायतका कर्मचारी माग गरिएको छ । आकर्षक तलब सुविधा दिएर कर्मचारी माग गरिएको अर्थ सरोकारका सञ्चालक सुरज प्याकुरेलले बताउनुभयो । साथै मिडियामा काम गर्न इच्छुकहरुलाई काम सिकाएर भएपनि केही कर्मचारी पदपूर्ति गर्ने समेत सञ्चालक प्याकुरेलले बताउनुभयो ।

के हो अर्थ सरोकार ?

अर्थ सरोकार डट कम arthasarokar.com आर्थिक क्षेत्रको अग्रणी अनलाइन पत्रिका हो । जस अन्र्तगत रेडियो कार्यक्रम र टेलिभिजन कार्यक्रम समेत सञ्चालनमा रहेको छ । हेर्न, पढ्न र सुन्न सकिने गरि सञ्चालनमा आएको यस अनलाईन पत्रिका आर्थिक क्षेत्रको पहिलो अनलाइनकाे रुपमा चिन्ने गरिन्छ । जसले पत्रकारितामार्फ जन–जनलाई जागरुक बनाएर नेपाली अर्थतन्त्रको समृद्धिमा केही इँटाहरु थप्ने काम गरेको छ । देशमा पटक–पटक परिवर्तनका नाममा जे जति आन्दोलन र उपलब्धि भएपनि नेपाली जनताको आर्थिक स्तर माथि उठेको छैन । आर्थिक रुपमा देशमा थुप्रै समस्याहरु छन् । विकासको गति सुस्त छ । लुटतन्त्रले जरा गाडेको छ समाजमा । देशमा चरम भ्रष्टाचार छ । नेपाली अर्थतन्त्रभित्र नदेखाइएका सत्य र लुकाईएका यथार्थ थुप्रै छन । तीनै लुकाइएका सत्त र नदेखाइएका यथार्थत्रिको सूचना र जानकारी जनतालाई पस्कने उद्देश्यका साथ सञ्चालनमा आएको अनलाईन पत्रिका हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्