निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले दिएको शिवरात्रीको शुभकामनामा गालीको बर्षा (कमेन्ट जस्ताकाे त्यस्तै )

बुधबार मन्त्रीबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबार बिहानै दिएको शिवरात्रीको शुभकामनामा गालीको बर्षा भएको छ । शिवरात्री पर्वका अवसरमा बिहान पौने ७ बजे नै बाँस्कोटाले फेसबुक पेजमार्फत शुभकामना व्यक्त गरे–‘प्रत्येक वर्ष फागुन चतुर्दशी दिन मनाइने महाशिवरात्री पर्वको अवसरमा सबै हिन्दू धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’
उहाँले शिवरात्रीको शुभकामना दिने बित्तिकै उनीमाथि गालीको ओइरो लागेको हो । कसैले उनलाई उनको काण्डसँग जोडेर शुभकामना फर्काउँदै व्यंग्य गरेका छन् भने कसैले शुभकामना दिएर शिवरात्री जस्तो पर्वलाई दूषित बनाएको प्रतिक्रिया दिएका छन् । कसैले शिवरात्रीमा गाँजा खाएर मन शान्त बनाउन सुझावसमेत दिएका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्