अछामको पञ्चदेवल विनायक नगरपालिकामा नगर कार्य समितिकालागि निर्वाचन

अछाम – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिकामा निर्वाचन प्रारम्भ भएको छ । सभापतिसँगै अन्य पदाधिकारी र कार्यसमितिमा सहमति नजुट्दा निर्वाचन भएको हो ।

नगर सभापतिमा सज्जनबहादुर शाही र हर्कबहादुर रावलबीचमा सहमति नभएपछि मतदानबाट कार्यसमितिको टुङ्गो लगाइने भएको हो । नगरको कार्यसमितिमा कुल ५२ जनाको कार्यसमितिमा ४४ जनामा मतदान भइरहेको काँग्रेसले जनाएको छ । छ जना कार्यसमिति सदस्य र दुई जना क्षेत्रीय प्रतिनिधि यसअघि निर्विरोध निर्वाचित भइसकेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्