सत्तारूढ गठबन्धन बैठक : मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

FILE PHOTO

काठमाडौँ – सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको छ ।

आज बिहान १० बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच छलफल भएको हो ।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत उपस्थित थिए । छलफलमा छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने, गठबन्धनलाई दीगो बनाएर लैजाने जस्ता कुराकानी भएको छलफलमा सहभागि एक नेताले बताए ।

एक÷दुई दिनमा मन्त्रिपरिषद विस्तार हुन सक्ने ती नेताको भनाई छ । जसपाले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने माग गरिरहेको छ । देउवा प्रधानमन्त्री बनेको लामो समयसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । अहिलेसम्म एक राज्यमन्त्रीसहित कांग्रेसबाट चार र माओवादीबाट २ गरी छ जना मात्रै मन्त्री छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्