जर्मनीमा आज निर्वाचन, १६ वर्षपछि सत्ताबाट बाहिरिदै मर्केल

 

जर्मनीमा आइतबार सर्वसाधारणहरूले संघीय निर्वाचनमा मतदान गर्दैछन् । पछिल्लो १६ वर्षमा पहिलोपटक जर्मन चान्सेलर एन्जेला मर्केल उम्मेदवार बनेकी छैनन् ।

त्यसैले कुन पार्टी जित्छ र को चान्सेलर बन्नेछ भनेर अनुमान लगाउन मुस्किल छ । कुनै पार्टीले स्पष्ट बहुमत ल्याउँछ वा गठबन्धन सरकार बन्छ भनेर विषयमा पनि उत्तिकै कौतुहलता छ । निर्वाचनअघि गरिएको सर्वेक्षणले सोशल डेमोक्रेटिक पार्टी (एसपिडी) र कन्जरभेटिभ क्रिष्ट्रियन डेमोक्रेटिक युनियन (सिडीयु) बीच कडा प्रतिस्पर्धा हुने देखाएको छ ।

जलवायु परिवर्तनको मुद्दा यसपटकको निर्वाचनमा पेचिलो रुपमा उठेको छ । त्यसैगरी सामाजिक खर्च र न्युनतम तलब बढाउने विषय, जर्मनीको डिजिटल पूर्वाधारलाई बलियो बनाउने विषय र नाटो गठबन्धनमा जर्मनीको भूमिकालगायत विषयहरु पनि उम्मेदवारले अघि सारेका छन् ।

स्थानीय समयअनुसार आइतबार ६ बजे मतदान सकिनेछ । निर्वाचनको नतिजा आउने क्रम भने रातभर चल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्