कैलालीको गौरीगंगामा तालाबन्दी अनिश्चितकालीन : नगर प्रमुखद्वारा आफ्नो गल्ती ढाकछोप गर्न खेद व्यक्त गरेको भन्दै दलहरू आक्रोशीत

कैलालीको गौरीगंगा नगरपालिकामा सोमबारदेखि लगाएको तालाबन्दी अनिश्चितकालीन बनेको छ । नगरपालिका भित्र रहेका पाँच राजनीति दलहरुले सयुक्त रुपमा लगाएको तालाबन्दी खोल्नको लागि कुनै पनि कार्यक्रम अघि बढेका छैन् । नगर प्रमुख र राजनीतिक दलहरु बिच विज्ञप्ति मार्फत दोहोरी चल्न भने सुरु भएको छ । नगर प्रमुखले नगरपालिकामा कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरि दैनिक प्रशासनिक कामकाज अबरुद भैइ सर्वसाधारण तथा सेवाग्राहीमा पुग्न गएको असहजताको लागि खेद ब्यक्त गर्द छु नगरको दैनिक कामकाज गर्न अह्यबश्यक भएकोले सबै विबाद एबम् समस्याहरु आपसी छलफल सम्बाद र बार्ताबाट समाधान गर्न सकिने हुदाँ आन्दोलनत सबै राजनीति दलहरुमा आन्दोलनतका कार्यक्रम फिर्ता लिई कार्यालयमा लगाएको ताला खोल्न र यथाशीघ्र बार्तामा आउन हार्दिक अपिल गर्दछु भने नगर प्रमुखले प्रेस विज्ञप्ति जारी गरेका छन् ।

यो विज्ञप्ति आएको केही समय पछि राजनीति दलहरूले हामीले चरण बद रुपमा भाद्र ५ गते देखि ध्यानकर्ष गराउँदा कुनै उत्तरदायी नभइ हामीले पुन सभ्यमता अपनाई पुन भाद्र १७ पाँच दल उपस्थिति भैइ नगर प्रमुख समेक्ष लिखित माग प्रस्तुत गरेका थियो । त्यस पछि पनि हाम्रा मागमा कुनै सुनुवाइ गरिएन पुन हामी भाद्र २४ गते नगर प्रमुख संग छलफलमा बसौं अलटाल गरी कुनै सहमति नगरे पछि भाद्र २८ गते सोमबार देखि कार्यपालिका कार्यालयमा ताला बन्द गरेका हौं । दैनिक कार्य संचालनमा अपठ्यारो हुन्छ भनि हामीले महसुस गरेका छौ यथापी हाम्रा माग पूरा गर्न लिखित सहमति होस् भने चाहेका हौं नगर भित्र भएको भ्रष्टाचार अनियमितता को बिषयमा आवाज उठाउदाँ नगर प्रमुखले खेद प्रकट गरेकोमा घोर आपति छ ।  उहाँ जनता प्रति उत्तदायि हुनुहुन्न भन्ने प्रमाण पनि हो । यथापी हामी दोहोरो सम्बाद र छलफल गरि वार्ता बसि समस्याको समाधान गर्न चाहान्छौ । भन्दै पाँच राजनीतिक दलका प्रतिनिधि सहि हस्ताक्षर प्रेस विज्ञप्ति सार्वजनिक गरिएको छ नगर प्रमुखद्वारा आन्दोलन प्रति खेद व्यक्त गर्नु आन्दोलनलाई गम्भीरतापूर्वक नलिनु र ध्यानाकर्षण हुनुपर्नेमा आफ्नो गल्ती ढाकछोप गर्न खेद व्यक्त गरेको भन्दै राजनीतिक दलका प्रतिनिधिहरु आक्रोशीत बनेका छन् । लिखित सहमति नभए सम्म ताला नखुल्ने माअोबादी केन्द्रका नेता देबि दत्त कडेल बताउँछन् । राजनीतिक दलहरूले ६ बुदे माग सहि तालाबन्दी गरेका छन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्