कोरोना भाइरसकाे प्रभाव सुन व्यवसायमा, सुन अहिलेसम्मकै महंगो

सुनको भाउले नेपाली बजारमा अहिलेसम्मकै महंगो भएको छ । मङ्गलबार तोलाको ७६ हजार सात सय रुपैयाँ तोकिएर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ बुधबार पनि चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ । चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा परेको छ । यसअघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको सुनचाँदी व्यवसायीले बताएका छन् ।

सुन व्यवसायीले फागुन महिनालाई सुन चाँदीको सबैभन्दा धेरै कारोबार हुने महिनाको रुपमा लिने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्