कलेजमा छात्राहरूलाई महिनावारी भए नभएको हेर्न भित्रीवस्त्र फुकाल्न लगाइयो

भारत – महिनावारीसम्बन्धी नियमलाई कतिपय छात्राले उल्लङ्घन गरेको भन्दै सहजानन्द गर्ल्स इन्स्टिट्युट (एसएसजीआई) मा अध्ययन गरिरहेका छात्राहरुले महिला कर्मचारीको अगाडि भित्री कपडा फुकाल्नु परेको बताएका बीबीसीले जनाएको छ ।
भारतको पश्चिमी राज्य गुजरातमा रहेको सहजानन्द गर्ल्स इन्स्टिट्युट (एसएसजीआई) का प्रधानाध्यापक, छात्रावास रेक्टर, र चतुर्थ श्रेणीका कर्मचारीलाई निलम्बित गरिएको छ । ६८ जना छात्रालाई कक्षाकोठाबाट शौचालयमा लगेर एकरएक गरी भित्री कपडा फुकाल्न लगाइएको खबरमा बताइएको छ ।
पीडित छात्राहरूका अनुसार कलेजको नियमअनुसार महिनावारी भएका महिलाहरूलाई मन्दिर तथा भान्सामा प्रवेश गर्न र अरु विद्यार्थीलाई छुन प्रतिबन्ध छ । खाना खाने बेला महिनावारी भएका महिलाहरूले अरूभन्दा पर बस्नुपर्छ । आफ्नो थाल आफैले माझ्नुपर्छ र कक्षाकोठाभित्र सबैभन्दा पछाडिको बेन्चमा बस्नुपर्ने हुन्छ ।

हरेक छात्राले महिनावारी भएको बारेमा एउटा फायलमा नाम लेख्नुपर्नेमा गएको दुई महिनादेखि कसैले पनि नाम नलेखेपछि कलेज प्रशासनले महिनावारी भए वा नभएको पुष्टि गर्न लगाएको बीबीसीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्