कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार पुग्याे, सङ्क्रमितको सङ्ख्या ७५ हजार नाघ्याे

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार पुगेको छ । कोरोना फैलन सुरु भएको चीनमा दुई हजार र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ४ पुगेको समाचार संस्था सीएनएनले जनाएको छ । चीनबाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एकरएक जनाको ज्यान गएको छ ।
गएको २४ घण्टामा मात्र एक सय ३२ जनाले ज्यान गुमाएका छन् । केही दिनदेखि ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि मङ्गलबार ज्यान गुमाउनेको सङ्ख्या फेरि बढेको हो । यस्तै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७५ हजार नाघेको छ ।

भाइरसको धेरैजसो पीडितमा हलुका खालको सङ्क्रमण देखिएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले सबै देशलाई संयम रहन आग्रह गरेको हो । यसअघि सङ्क्रमण फैलिएको ’सार्स’ र ’मेर्स’जस्ता भाइरसभन्दा कोरोना कम ’प्राणघातक’ रहेको पनि विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्