अफगानिस्तानको काबुलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १७० पुग्यो

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ।

फ्रक्स न्युजका अनुसार हमलामा १३ जना अमेरिकी सैनिक, २ जना बेलायती नागरिकसहित १७० जनाको मृत्यु भएको हो। घटनामा १ हजार २७६ जना घाइते भएका छन्। तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्ता छाड्न भीड लागिरहेको काबुलको विमानस्थलबाहिर बिहीबार साँझ ६ बजेतिर विस्फोट गराइएको हो।

मिडिया रिपोर्टअनुसार विस्फोटमा मारिएका १५५ अफगान नागरिकमा २८ जना तालिबान संगठनका पनि छन्। विस्फोटको जिम्मेवारी आईएसआईएसको खुरासान ग्रुपले लिइसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्