काठमाडौँ – नेपाली काग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले मन्त्रीमा नियुक्न नभइकनै सामाजिक सञ्जालमा बधाइ पाएका छन् । शुक्रबार रातिबाट सामाजिक सञ्जाल फेसबुकमा बडुले शिक्षा मन्त्रीको जिम्मेवारी पाएको भन्दै बधाइ दिएको देखिएको छ । तर मन्त्रिमण्डल नै विस्तार नभएका बेला बडूलाई बधाइको ओइरो लागेको छ ।
सामाजिक संजालमा बधाइ दिएपनि बडू मन्त्रीमा नियुक्त नभएको उनका स्वकीय सचिव केशरसिंह भण्डारीले पुष्टि गरे । ‘मन्त्रिमण्डल नै विस्तार भएको छैन, मन्त्रिमण्डल विस्तार नभइकनै मन्त्रिमा नियुक्त कसरी हुनुहुन्छ र ? शनिबार बिहान उपहारखबरसँग कुरा गर्दै स्वकीय सचिव भण्डारीले भने, ‘सामजिक सञ्जालमा एक जनाले लेखेपछि सबैले लेखे, आधिकारिकता हेर्ने भन्दपनि लहलहैमा सबैले लेखे ।’ बडू सामानुपातिक बाट प्रतिनिधि सभा सदस्य बनेका हुन् । नेपाली काग्रेसका प्रभाविशाली नेता समेत रहेका बडूको नाम मन्त्रीका लागि चर्चामा भने रहेको छ ।
मन्त्री नियुक्त नभइकनै बडूलाई सामाजिक सञ्जालमा बधाइको ओइरो

FILE PHOTO