सुजन गुरुङ्गको सबैलाई रुवाउने “मैना रानी” ठाडी भाका सार्वजनिक

काठमाडाैँ – चर्चित लोक तथा देउडा गायक भानुक्त जोशी शब्द संगीत तथा सुजन गुरुङ्गको प्रस्तुतीमा रहेको नयाँ ठाडी भाका सार्वजनिक भएको छ । “मैना रानी” बोलको ठाडी भाका गीत निरन्तर मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

निक्कै मार्मिक एवं मन धुरुक्कै रुवाउने उक्त गीतमा परदेशीको पीडा पोखिएको छ । सात समुद्रपारीबाट आफ्नै प्रीयलाई सम्झिदाको पल लाई उक्त गीतमा समावेश गरिएको छ । रोजगारीका लागि घर छोडेर विदेश गएपछि घरपरिवारको यादले मनमा आउने पीडा, यादहरु यस गीतमा चित्रण गरिएको छ । विगतमा भएका क्षणहरु, घरपरिवारसँग रमाएका पलहरु, आफ्नो आमा, बुवा अनि प्रीयजन व्यक्तिसँगको सम्झनालाई निक्कै भावुक शब्दमा चित्रण गरिएकाले दर्शकहरुको मन रुवाउने उक्त गीत रहेको छ ।

उक्त गीतमा शब्द तथा संगीत गायक भानुभक्त जोशी रहेको छ भने स्वर शेरी औजीको रहेको छ । चक्र रोकाया र दिपा बिकको अभिनय रहेको उक्त गीत निक्कै मार्मिक रहेको छ ।

खगेन्द्र नेपालको निर्देशनमा निर्माण गरिएको उक्त भिडियोमा छायांकन तथा सम्पादन देवी राम थारुले गरेका छन भने ड्रोनमा सुवास दहितको भूमिका रहेको छ । डि.आर डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको उक्त भिडियो लोकप्रीय बनेको छ ।

सम्बन्धित समाचारहरु

गायक भानुभक्त जोशीको स्वरमा रहेको “छैन माया घटाएको” गीत सार्वजनिक

 

धुरुक्क रुवाउने भानुभक्त जोशीको “कहाँ छाैँ जीवन साथी” गीत बजारमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्