CORONA

मास्कको सुरुवात र प्रयोग

संसार अहिले कोरोना भाइरसको चपेटामा परेको कुरा सबैलाई अवगत नै छ। कोरोनासँग जुधी रहदा सवैको अनुहारमा मास्क देखिन्छ कसै ले त महसुस गरि रहेका छ्न कि मास्क कोरोनाले मात्र चर्चामा आएको हाे कि भनेर !
इतिहास पल्टाएर हेर्ने हो भने १४ औं शताब्दीमा इतिहासको सबै भन्दा ठुलो माहामारी Black death फैलियो । युरोपबाट फैलिएको यो महामारी १३४७-१३५१ को बिचमा २ करोड ५० लाखले ज्यान गुमाउनु परेको थियो । त्यति बेला युरोपको जनसंख्या निकै कम थियो । त्यति मर्नु सानो कुरा थिएन त्यतिबेला पुरै युरोपको जनसंख्याको एक तिहाई हो ।

बिषालु हावाले शरीरमा असन्तुलन पैदा गरि दिन्थ्यो । त्यो हावा शरीरमा नआओस् भनेर मानिस हरु पुरै अनुहार ढाक्ने बिशेश प्रकारको मास्क को प्रयोग गर्थे। त्यस पछि १७औं शताब्दीको मध्यमा युरोपमा प्लेट फैलियो फेरि मानव आफ्नो अनुहार ढाक्न बाध्य भए त्यो समय चराको चुच्चो जस्तो मास्क को प्रयोग हुन्थ्यो। चुच्चो जस्तो भागमा सुगन्धित जडिबुटी हाल्ने गरिन्थ्यो । चुच्चो आकारको मास्क लाई त्यतिबेला मृत्यु को छाया भन्ने गर्थे। त्यति बेला डाक्टरले छालाका लुगा लगाउने गर्थे जस्तो आज भोलि का डाक्टर ले पिपिए कीट लगाउने गर्दछ्न् ।

त्यसको समाप्तिसंगै प्रथम बिश्वयुद्धको सुरुवात भयो । स्पेनमा फ्लू फैलियो हेर्दा हेर्दै त्यसको पनि माहामारीको रुप लियो । त्यसका कारण ५ करोड मानिस मरेका थिए । इतिहासकारका अनुसार फ्रान्स बाट युद्ध लडेर आएका सैनिकसँग  त्यो भाइरस पनि आएको थियो रे । रेल्वे स्टेशन, शहर हुँदै गाउँ-गाउँ सम्म माहामारी फैलियो र मास्क लगाउन सबै बाध्य भए।

प्रथम विश्वयुद्धको समाप्तिसंगै दोस्रो विश्व युद्ध को सुरुवात भयो त्यस युद्धमा रासायनिक हतियार क्लोरिन ग्याँस ,मस्ट्रर ग्याँस ,जस्ता रसायनको प्रयोग भयो बच्न को लागि ग्याँस मास्क को प्रयोग भयो। दोस्रो बिश्वयुद्धको समाप्ती संगै युरोपबाट फेरि औद्योगिक कान्तिको सुरुवात भयो। ठुल्ल ठुल्ला कम्पनी खोलिए घरमा कोइला बाट बल्ने चुलोको प्रयोग भएको थियो। कोइलाबाट वातावरणमा धेरै धुवा मिसिदै गयो जस्को कारण हावा पदूषण हुन पुग्यो त्यसका कारण लण्डनमा मात्रै १९५२ मा ५ दिन मा ४ हजार ले ज्यान गुमाए ।

१९५७ मा १ हजार, १९६२ मा ७५० यो एक्लो लन्डन शहरको तथ्यांक हो। प्रदुषणका कारणले मास्कको प्रयोग अनिवार्य गरियो। हेर्दाहेर्दै एउटा यस्तो समय पनि आयो मास्कको प्रयोग रोग बाट बच्न को लागि नभइ अनावश्यक मानवले आफूलाई न चिनुन ठुल्ल ठुल्ला कलाकार सेलिब्रेटी, व्यापारीले आफ्ना फ्यानहरु काम गर्न सजिलो होस् भनेर प्रयोग मा ल्याए यो १९९० को दशक थियो।

अहिले २०२०-२०२१ आइपुग्दा फेरि कोरोना माहामारीले मानिस लाई अनुहार ढाक्न बाध्य गरायो। हुनत अहिले भ्याक्सिन आइसकेको छ तर पनि यसका भेरिएन्टका कारण हामीले छिट्टै मास्कको प्रयोगबाट मुक्ति पाउने देखिदैन । त्यसैले सबैले मास्क लगाऔ आउदै गरेका भेरिएन्ट बाट आफू पनि जोगिउ अरु लाई पनि जोगाऔ । आशा गरौं हामी सबैले छिट्टै नै मास्क बाट मुक्ति पाउने छौ ।

गिरिजा प्रसाद मिश्र
महेन्द्रनगर कंचनपुर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्