जातीय भिडन्तमा ४० जनाको ज्यान गयो

A Malian Armed Forces (FAMa) soldier is pictured during the Operation Barkhane in Ndaki, Mali, July 29, 2019. Picture taken July 29, 2019. REUTERS/Benoit Tessier - RC121F17CCF0

काठमाण्डौ – मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको ज्यान गएको छ ।

अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार ज्यान गुमाउनेमा नौ जना सैनिक जवान पनि रहेका छन् । उनीहरुको घटनास्थलमै ज्यान गएको अधिकारीले बताएका छन् ।

द्वद्वग्रस्त क्षेत्रमा भएको अन्तरजातीय भिडन्तका क्रममा उनीहरूको ज्यान गएको सरकारी अधिकारीहरुको भनाई छ । ओगोसागोमा रातभरीमा भएको आक्रमणको घटनामा परी सुरुमा ३१ जनाको ज्यान गएको थियो ।

गत मार्चमा भएको फुलानी समुदायको यस्तै आक्रमणमा परी १६० को ज्यान गएको थियो । सरकारी अधिकारीहरुले ज्यान गुमाउनेको संख्या अझ धेरै हुन सक्ने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्