वुहानमा रहेका नेपाली लिन वाइडबडी जहाज चीन उड्यो

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण झेलिरहेकोे चीनको वुहानमा रहेका नेपाली लिन नेपाल वायुसेवा निगमको जहाज चीन उडेको छ ।

निगमको एअरवस ३००–२४३ वाइडबडी जहाज शनिबार दिउँसो वुहानको लागि उडेको हो । जहाजले वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई नेपाल ल्याउने छ ।

जहाजमा पाइलट, स्वास्थ्यकर्मी, इञ्जिनियरसहित १७ जना रहेका छन् । वुहानमा रहेका नेपालीलाई बसमार्फत विमानस्थल पु¥याइएको नेपाली दूतावासले जनाएको छ । उनीहरुलाई लिएर नेपाल वायुसेवा निगमको जहाज आइतबार राति २ बजे काठमाण्डौ आइपुग्ने छ ।

उनीहरुलाई त्रिभुवन विमानस्थलमा स्वास्थ्य परीक्षणपछि सिधै भक्तपुरको खरिपाटीमा लगिने छ र १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्