सरकारको २ वर्ष सफल भएको प्रधानमन्त्रीको दाबी, तीव्र आर्थिक विकास गर्ने देशहरुको सूचीमा शीर्ष १० भित्र नेपाल पनि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्ष पूरा गर्नु पनि आफैंमा उपलब्धि भएको बताउनुभएको छ । सरकारको नेतृत्व गरेको दुई वर्ष पूरा भएको अवसरमा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

लामो समय ६ र ७ महिनामा सरकार फेरिइरहने विगतको स्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार स्थापना गर्नु दुई वर्ष पूरा गर्नु पनि एउटा उपलब्धिका रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछ’, ओलीले भन्नुभयो । आफूले पहिलो वर्षलाई आधार वर्ष र दोस्रोदेखि पाँचौँ वर्षसम्मलाई उपलब्धि वर्षका रुपमा लिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

अल्पकालीन सरकारले क्षणिक लोकप्रिय कार्यक्रम गर्ने र स्थायी सरकारले तत्कालीन, अल्पकालीन र दीर्घकालीन लक्ष्यसहित काम गर्ने भन्दै ओलीले आफूले विस्तारै काम गरिरहेको दाबी गर्नुभयो । नेपाल तीव्र आर्थिक विकास गरिरहेको सूचीमा शीर्ष १० देशभित्र रहेको भन्दै उहाँले लगातार तीन वर्षको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशतभन्दा माथि रहेको बताउनुभयो ।

गरिबी १ दशमलव ५ प्रतिशतले कमी आएको उहाँको दाबी छ । यो अवधिमा पुराना बेरोजगार सबैले काम नपाए पनि नयाँ बेरोजगार नथपिएको जिकिर गर्नुभयो । यो वर्ष ५५ वटा कानुन निर्माण भएको र मौलिक हकहरु कार्यान्वयनमा आएको पनि उहाँले उल्लेख गर्नुभयो । तुइन विस्थापनको कार्य तीव्र गतिमा अघि बढिरहेको भन्दै प्रधामन्त्री ओलीले अब विस्थापन हुनका लागि डेढदर्जन तुइन पनि बाँकी नरहेको बताउनुभयो । करको दर बढाइएको भन्ने भ्रम चिर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले करको दर नभई दायर बढाइएको उल्लेख गर्नुभयो । कुल व्यापार घाटा पनि विगतको तुलनामा ६ दशमलव १ प्रतिशत गिरावट आएको उहाँको तर्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्