हामी भूभाग नै फिर्ता ल्याउने तयारीमा छौ भने नक्सा छाप्न के भयो र ? प्रम ओली

काठमाडाैँ  –  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताउनुभएको छ ।

शनिबार प्रतिनिधि सभामा सरकारको दुई वर्षे प्रगति विवरण सार्वजनिक गर्ने क्रममा सांसदहरुको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले सरकारले नेपालको भूभाग कुनै हालतमा नछोड्ने प्रष्ट पार्नुभयो ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले कालीनदीको मुहान, लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भएको तथ्य प्रमाणले देखाएको भन्दै ती भूमि फिर्ता ल्याउन नेपालले पहल गरेको बताउनुभयो । उहाँले यसका लागि एकतर्फी वार्ताले नहुने भन्दै दुईतर्फी वार्ताको माध्यमबाट यसको समाधान गरिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले सरकार सार्वभौम, राष्ट्रियताको सवालमा, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको विषयमा कुनै सम्झौता गर्दैन । हामी भूभाग नै फिर्ता ल्याउने तयारीमा छौ भने नक्सा छाप्न के भयो र ? तूरुन्तै छाप्छौँ । कालापानीमा सीमा सुरक्षाको लागि विओपी स्थापना गर्ने तयारी भएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्