सिन्धुपाल्चोकमा देखिएको रुघाखोकी र ज्वरो कोरोना नभएको पुष्टि

काठमाण्डौ – सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बागाउँका रुघाखोकी र ज्वरोको संक्रमण फैलिएको बिरामीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

गुम्बा गाउँबाट संकलन गरिएको २५ जना बिरामीको नमुना परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण नभेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जानकारी दिएको छ ।

गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढेपछि गाउँपालिकाले कोरोना संक्रमणको आशंका गरेर थप परीक्षण र उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको थियो । यसैबीच, गाउँमा रुघाखोकीका बिरामी घटिरहेको र यसअघिका बिरामी निको हुन थालेको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।

अहिले स्वास्थ्य शिविरमा दैनिक २० जनाभन्दा बढी बिरामी उपचारका लागि गइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रयोगशालाको नमुनाको प्रतिवेदन प्राप्त भैनसकेको भन्दै अध्यक्ष श्रेष्ठले प्रतिवेदनमा कोरोना संक्रमण भएको नपाइए गाउँवासीलाई ढुक्क हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्