भारतको महाराष्ट्रमा भिषण बाढी, १३६ जनाको मृत्यु

काठमाडौँ – भारतको महाराष्ट्र राज्यमा बिहीबारदेखि शनिबारसम्म पनि लगातार वर्षा भइरहेको छ । अविरल वर्षाका कारण विभिन्न घटनाहरु परी १३६ जनाको मृत्यु भइसकेको छ ।

वर्षाका कारण ठाणे, रायगढ, रत्नागिरी, सतारा, सांगली र कोल्हापुर गरी विभिन्न जिल्लाहरुका ८ हजार प्रभावितको उद्धार गरिएको भारतीय प्रहरीले जनाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार २०० भन्दा बढी जिल्लाका प्रमुख इलाकासँग सम्पर्कविच्छेद भएको छ ।

गोवादेखि महाराष्ट्र इलाकामा अगामी दुई दिनसम्म ‘रेड अलर्ट’ जारी गरिएको छ । ६ जिल्लामा एनडिआरएफको १८ वटा टिम तैनाथ गरिएको छ । ८ टिम सतर्क अवस्थामा छन् । २ टिम रायगढमा आएको पहिरोबाट भएको क्षतिमा उद्धारमा जुटिरहेका छन् । यसका साथै, रायगढमा नेवी र कोल्हापुर, रत्नागिरीमा आर्मीको मद्दतमा रेस्क्यु अपरेशन चलाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्