टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारको कीर्तिमान

टोकियो– सुटिङकी कल्पना परियारले टोकियो ओलम्पिक २०२० मा महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

कल्पनाले आज बिहान सम्पन्न छनोट चरणको खेलमा ६ सय १६.८ स्कोर बनाउँदै यसअघिको उनको १३औँ दक्षिण एसियाली खेलकुदको आफ्नो ६ सय १४.५ स्कोरलाइ पछि पार्दै राष्ट्रिय किर्तिमान बनाएकी हुन् । सो प्रतियोगितामा ५० जना खेलाडीहरुको सहभागीता रहेको थियो । जसमध्येबाट ८ शिर्ष खेलाडीहरुले अन्तिम चरणमा प्रवेश पाएका छन् ।

छनोटमा नर्वेकी हेग दुष्तादले ६ सय ३२.९ स्कोर सहित शिर्ष स्थान हासिल गरेकी छिन । महिला १० मिटर एयर राइफल प्रतिस्पर्धा टोकियो ओलम्पिकको पहिलो स्वर्णपदक छिनोफानो हुने खेल समेत रहेको छ ।

नेपाली ५ खेलाडी सहभागी खेलहरुमा नेपालको यो पहिलो खेल हो । यसैगरी आजको अर्को खेल जुडो तर्फ भने नेपालकी सोनिया भट्टले रसियाकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्दैछिन् । अहिले बिहान नेपाली समय ७.४५ बजे सोनियाले ४८ केजी तौल समूहमा इरिनासँग प्रतिस्पर्धा गर्दैछिन् ।

इरिना विश्व बरियतामा ९ औँ स्थानमा रहेकी खेलाडी हुन् । रसियालाइ डोपिङका कारण ओलम्पिकमा प्रतिबन्ध लगाइएको भएर इरिनाले रसियन ओलम्पिक कमिटि मुनी बसेर ओलम्पिक खेल्दैछिन् । वाइल्ड कार्डमार्फत ओलम्पकिमा सहभागी भएकी सोनियाले १३ औँ सागमा कास्य पदक जीतेकी थिइन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्