हेलम्बुका बाढी प्रभावितलाई १/२ मिहना भित्र आफ्नै घरमा सार्ने अध्यक्ष शेर्पाको प्रतिबद्धता

काठमाडौँ – हेलम्बु गाउँपालिकाले बाढी प्रभावित हरुलाई अस्थायी आवास निर्माणकार्य शुरु गरेको छ । भुकम्पपिडितको पुनर्निर्माणले ५ बर्ष सम्म पनी पुर्णता नपाएको स्मरण गर्दै गाउँपालिकाले हेलम्बुका बाढिपिडितलाई छिट्टै नयाँ घरमा बसाउने तयारी थालेको हो ।

उपहारखबरसँग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले कुनै प्राकृतिक विपद् आएपछि ५ वर्ष सम्म पनि त्रिपाल भित्र बस्नुपर्ने बाध्यता अन्त्य गरिने बताए । साथै खाली राहत मात्र दिदै जाने परम्परालाई समेत तोड्नको लागि हेलम्बु गाउँपालिकाले यसै अभियानबाट थालनीगर्ने अध्यक्ष शेर्पाको भनाई छ ।

उनका अनुसार यस कार्यले नेपालमा हुने हरेक विपद्का घटनाहरुबाट पिडितहरुलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने उदाहरण हलम्बु गाउँपालिकाले दिनेछ ।
पहिलो चरणमा घर पूर्णरुपमा क्षति भएको र त्यसपछि जोखिममा रहेको र बस्न नसकिने हरुको लागि पनि घर निर्माण गरिने कार्यक्रम रहेको अध्यक्ष शेर्पाले बताए ।

हेलम्बु गाउँपालिकाको हल्दे, ओडारे, तिम्बुलगायतका बाढी प्रभावितको घर बनाउने जिम्मा लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीले जिम्मा लिएको छ । हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ । मङ्गलबार हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पालाई कँडेलले रु ६२ लाख हस्तान्तण गरेर यथाशीघ्र घर निमार्णको काम अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष शेर्पाले हेलम्बुलाई सहयोग गरेकामा धन्यवाद दिँदै दशैँसम्ममा आफ्नै घरमा प्रभावित जनतालाई सारेरै छाड्ने प्रतिबद्धता जनाए । उनले हेल्भेटास नेपालबाट ४० र केयर नेपाल र टिमबाट २० वटा घरको निमार्णकार्य शुरु भइसकेको जानकारी दिए ।

कूल १०७ घरपरिवार विस्थापित रहेको तथ्याङ्क रहे पनि करिब ९० घर पूर्णरूपमा क्षति भएको अध्यक्ष शेर्पाले बताए । उनले अहिले अस्थायी आवास निर्माणलाई प्राथमिकता दिइएको र सरकारले दिने भनेको रु पाँच लाख आउनेबित्तिकै स्थायी आवासका निम्ति काम थाल्नेसमेत जानकारी दिए ।

गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लागतअनुसार एकै किसिमको घर निर्माण गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ । हेलम्बु गाउँपालिकाको प्रविधिक स्टमेट अनुसार रु तीन लाख ६६ हजार बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्