२४ घण्टामा थपिए २८३८ कोरोना संक्रमित, निको हुने आधा कम

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको अनुसार ८७१५ पीसीआर परीक्षणमा १९१८ र ३९०१ को एन्टीजेन परीक्षणमा ९३१ जना गरी २८३८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १४७५ जना निको भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ गरी काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्