प्रधानमन्त्रीलाई महन्थ ठाकुरको बधाई, मधेसको मुद्दा सम्बोधन गर्न ध्यानाकर्षण

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेशका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्रीसँगको भेटमा पार्टीले उठाएका मुद्दालाई यथासक्य चाँडो सम्बोधन गर्न आग्रह गरिएको ठाकुर निकट एक नेताले जानकारी दिनुभयो । यसअघि मङ्गलबार जसपा अध्यक्ष ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा प्रतिबद्धता जनाए अनुरुपका विषय चाँडो पूरा गराउन माग गरेको थियो ।

जसपाले संविधान संशोधन, झुटा मुद्दा फिर्ता, रेशम चौधरी लगायतका बन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीयहरुको जनसङ्ख्याको अनुपातमा पुनः संरचनालगायत समस्या समाधान गरिनुपर्ने माग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्