दिल्लीको मुख्यमन्त्रीमा केजरीवाल, फेब्रुअरी १६ मा सपथ कार्यक्रम

नयाँ दिल्ली – आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले फेब्रुअरी १६ मा दिल्लीको मुख्यमन्त्रीको सपथ लिने भएका छन् । उनी तेस्रोपटक दिल्लीको मुख्यमन्त्री बन्न लागेका हुन् ।

सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको छ । आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको छ । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको छ ।

यसअघि सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए । शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय काँग्रेसले पछिल्ला दुबै चुनावमा खाता समेत खोल्न सकेन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्