नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृहमन्त्रालयमा बुधबार आयोजित बिशेष समारोहकाबीच गृहसचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । समारोहमा गृहसचिव न्यौपानेले सरकारको तर्फबाट ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै कार्यकाल सफलताको कामना व्यक्त गर्नुभएको छ ।

उक्त अवसरमा महानिरीक्षक ज्ञवालीले व्यवसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पु‍¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पदमा पदोन्नति गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता तथा आभार प्रकट गर्नुभयो ।

मन्त्रीपरिषद्को माघ २८ गतेको निर्णयअनुसार माघ २९ गतेबाट लागू हुने गरी ज्ञवालीलाई प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्