वाग्मती प्रदेशकाे भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुयाल नियुक्त

वाग्मती प्रदेश सरकारले भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुयाललाई नियुक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वाग्मती प्रदेशका प्रमुख सचेतक फुयाललाई प्रदेश सरकारको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेको हो । तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले बर्खास्थ गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री आफैले सम्हाल्दै आउनुभएको थियो ।

वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाल मन्त्री बन्ने चर्चा निकै चलेको थियो । वाग्मती प्रदेशमा नेकपाका प्रमुख सचेतक समेत रहनुभएका फुयाल लामो राजनीतिक यात्रापछि मन्त्री बन्न लाग्नुभएको हो । फुयाँल गाविस अध्यक्ष, सभासद, सांसद हुँदै पहिलोपटक मन्त्री बन्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्