कञ्चनपुरमा धर्ना बसेका अधिकारकर्मी पक्राउ

काठमाडौं – निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोललन गरिरहेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्नामा बसेका अधिकारकर्मी शारदा चन्दसहित ८ जना पक्राउ परेका हुन् ।

गत वर्ष साउनमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षकी निर्मला पन्तको घटनामा दोषीलाई कारबाहीको माग गर्दै उनीहरु धर्नामा बसेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा आवतजावतमा अवरोध गरेकाले पक्राउ गरेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताउनुभयो ।

प्रदेश प्रमुख र प्रदेशका सचिवहरु कञ्चनपुर आउँदा जिल्ला प्रशासन कार्यालय प्रवेशमा अवरोध गर्न खोजेकाले पक्राउ गरिएको एसपी मरासिनीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्