२७ औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवालीको नाम प्रस्ताव गर्ने गृहको तयारी, केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – ठाकुर ज्ञवालीलाई नेपाल प्रहरी संगठनको २७ औ प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन गृहमन्त्रालयले प्रस्ताव गर्ने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि मन्त्रिपरिषद बैठक सुरु हुँदैछ ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय गरेको थिएन । बरु बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसँग छुट्टै बसेर आईजीपी नियुक्तिबारे छलफल गरेका थिए । त्यसक्रममा ओलीले ज्ञवालीकै नाम प्रस्ताव गरेको स्रोतले बतायो ।

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् । यही ब्याचको वैकल्पिक टोलीमा डीआईजी हुन, ज्ञवाली । उनीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए ।

३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्