दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्न नेपालको आग्रह

काठमाडौ – नेपाली युवाका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्न नेपालले आग्रह गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले गर्नुभएको शिष्टाचार भेटमा मन्त्री यादवले रोजगारीको कोटा वृद्धि गर्न आग्रह गर्नुभएको हो ।

भेटमा उहाँले कोटा वृद्धि भएमा भाषा तथा सीप परीक्षा पास गरेका युवा प्रतिक्षामा बस्नुपर्ने अवस्थामा कमी आउने बताउनुभयो । उहाँले कोरियामा रहेका नेपाली श्रमिकलाई त्यहाँको पेन्सन प्रणालीमा समेट्न आग्रह गर्नुभएको थियो ।

भेटमा मन्त्री यादवले इपिएस भाषा परीक्षालाई थप मर्या्दित र व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । भेटमा राजदूत योङसिकले दक्षिण कोरियामा रहेका नेपाली श्रमिकले गरेको कामको प्रशंसा गर्दै भाषा परीक्षालाई थप मर्या्दित र व्यवस्थित बनाउन पूर्वाधार निर्माण गर्ने बताउनुभएको थियो ।

उहाँले नेपाली श्रमिकका परिवारसँगको सम्पर्कलाई थप सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिनुभयो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्