CORONA

वेश्या

हरेकको कामको इज्जत गर्नु पर्छ।
“एउटा स्त्री तब सम्म चरित्रहीन हुदैन
जबसम्म एउटा पुरुष चरित्रहीन हुदैन।”
बेश्याको त बाध्यता थियो आफ्नो देह बेच्ने
तिमी इमानदार बनेर उनको शरीर ढाकीदिन सक्थ्यो।
प्रेमको औकात छैन
त्यसैले वेश्याको व्यापार गर्दैछिन्
उनि आफ्नो शरीरको टुक्रा बेचेर भोको पेट भर्ने गर्छिन।
आखामा आसुको गाजल लगाएर उनी हरेक रात शृङ्गार गर्ने गर्छिन ।
देहको व्यापार मा रातको बोली लाग्छ
१/१ घण्टा मा उनी आफ्नो इज्जत बेच्ने गर्छिन।
रातभरि मेरो प्यारो मान्छे भन्ने पुरुष बिहान पैसा गन्दै गर्दा एउटा छुट्टै रुप पनि देख्छिन उनि।
उनी एउटा वेश्या हो
हरेक राति उनि देह बेच्ने गर्छिन
हरेक रात अरु महिला भन्दा धेरै टुट्ने गर्छिन।
कसैले भन्दै थिए उनलाई यस्तो काम गर्न तिमीलाई लाज लाग्दैन ?
उनी कठोर दिल लिएर भनिन् ” मरे सबै
बाबू लाजले मरे आमा बिरामीले मरिन्।तिम्रो समाजको नजर म मा अड्कियो मेरा आफ्नाले मलाई बेच्न बाध्यता बनाए ।
र मेरा शरीरको प्यासीहरुले मलाई रातारात परिचित बनाए। “
समाजका सेवकहर रातको अध्यारोमा मेरो खुट्टा चाट्ने गर्छन।
पहिले मेरो पनि परिवार थियो
शहरमा जागिर गर्ने गर्थे
२/४ जनाको तानातानले मलाई बदनाम बनायो।र रातारात मलाई वेश्या बनायो भन्दै छिन्।
शरीर बेच्ने पेसा हो उनको
पैसामा आफ्नो इज्जत बेच्ने गर्छिन।
घृणा को यो शहरमा उनि प्रेम बाढ्ने गर्छिन
उनी एउटा वेश्या हो हरेक रात बदनाम हुने गर्छिन।
शरीर मात्र होइन दिल पनि टुटेको दुखेको छ
उनको
थोपा थोपा खुन बगाएर उनी वेश्या बनेकि छिन्।
नाम छैन उनको वेश्या भनेर चिनिने गर्छिन्।
समाजमा सम्मानिय व्यक्ति पनि रातमा उनको खुट्टाको बिचमा हुने गर्छन्।।
मनमा क्रोध र अनुहारमा प्रेम देखाएर भन्ने गर्छिन्
“जाने बेलामा अलिकति पैसा दिएर जानू
भोलि एउटा सुई किनेर मेरो शरीरमा लगाउने छु। र मेरो ढल्दै गल्दै गरेको शरीर यो फोहोरो समाजका पुरुषको लागि सुरक्षीत राख्ने छु।”
लेखक / रचनाकार : ममता अर्याल (लैलै)
ठेगाना : छत्रकोट गाउँपालिका–३, लुम्छा, गुल्मी

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्