पूर्वगृहमन्त्री सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो

तस्बिरः रत्न श्रेष्ठ/रासस

 

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले आज प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष प्रतिवेदन पेश गरेका हुन्।

गत वैशाख २८ गते पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा गठित समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका थिए।

समितिले पूर्वगृहमन्त्री गुरुङसँग बयान लिएर आवश्यक अध्ययन तथा अनुसन्धानपछि प्रतिवेदन तयार गरेको जनाएको छ।

व्यवसायी दीपक भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको शेयर खरिद प्रकरणबारे समितिले छानबिन गरेको थियो। भट्टको कम्पनीसँग आफ्नो नाम जोडिएपछि गुरुङले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

सरकारले प्रतिवेदन अध्ययनपछि आवश्यक निर्णय तथा थप प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्