‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा श्रीमती हत्या आरोपमा पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार काठमाडौं महानगरपालिकाको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा शुक्रबार राति घरायसी विवादका क्रममा थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए।

राति करिब १०ः१० बजे भएको घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले कुमार थापालाई नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा श्रीमान्-श्रीमतीबीचको घरायसी विवाद हिंसात्मक बनेपछि घटना भएको देखिएको छ। घटनाको वास्तविक कारण र अन्य पक्षबारे अनुसन्धान जारी रहेको छ। पक्राउ परेका थापाले सामाजिक सञ्जाल तथा सार्वजनिक कार्यक्रममा आफूलाई ‘प्रो रेस्लर’ तथा ‘नेपाली ब्रो’का रूपमा चिनाउँदै आएका थिए। श्रीमतीको मृत्यु भएपछि उनीमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्