कोरोना भाइरस उपचारकेन्द्रको निरीक्षणमा चीनियाँ राष्ट्रपति सी

चीनमा प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै उपचार गराइरहेका स्थानहरुको चिनियाँ राष्ट्रपति सि चिनफिङले निरीक्षण गर्नुभएको छ ।

बेइजिङमा स्वास्थ्य विभागले कोरोना भाइरसको सङ्क्रमणको उपचारमा लागि सञ्चालन गरिरहेका स्थानहरुको सोमबार राष्ट्रपति सि ले निरीक्षण गर्नुभएको सञ्चारमाध्यमहरुले जनाएको छ ।

उहाँले बेइजिङको चाओयाङ जिल्लाको अनहुली समुदायका नागरिकका लागि कोरोना भाइरसको उपचारका लागि बनाइएका रोग निवारण तथा उपचार केन्द्रहरुको पनि निरीक्षण गरी ती स्थानमा अपनाइएका उपचार पद्दतिको बारेमा पनि जानकारी लिएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्