हेलम्बुकाे च्युक्पु खाेलामा पक्की पुल उद्घाटन, पर्यटन व्यवसायमा थप टेवा पुग्ने अध्यक्ष शेर्पाकाे विश्वास

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाको वडा न १ स्थित मेलम्ची खोला (स्थानीय नाम : च्युक्पु खोला) मा पुलकाे उद्घाटन गरिएकाे छ । आइतबार एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले पक्की पुलको उद्घाटन गरेका हुन् । निकै लामाे प्रयासपछि उक्त पुलकाे निर्माण सम्पन्न भएकाे गाउँपालिकाले जनाएकाे छ ।

यो पुल निर्माण भएसँगै हेलम्बुका अन्तीम बस्तिहरु सहित पर्यटकिय गाउँ मेलम्चिघ्याङ सम्मको पहुचका लागि बाह्रै महिना सहज हुने अध्यक्ष शेर्पाले बताए । यसबाट हेलम्बुको पर्यटन व्यवसायमा समेत टेवा पुग्ने गाउँपालिकाकाे विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्