७० हजार कोभिड भ्याक्सिन उपलब्ध गराउन मन्त्रालयलाई बेदकोट नगरपालिकाको पत्र

बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले पछिल्लो समय विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसले सिंगो मूलक नै आक्रान्त भइरहेका बेला बेदकोट नगरपालिका पनि अछुतो रहन नसकेको भन्दै आफ्नो प्राथमिकता र आवश्यकता भनेको नागरिक बचाउनु रहेको बताएका छन् ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड भ्याक्सिन खरिद सम्बन्धमा लेखेको पत्रमा नगरपालिकाको प्रमुख जिम्मेवारी भनेको विशम वर्तमान परिस्थितिमा नागरिकको स्वास्थ्य रहेको बताउनुभयो । बेदकोट नगरपालिकाका नागरिकहरुलाई बचाउनका लागि बेदको नगरपालिकाको आग्रह र अनुरोधमा नेपाल सरकारले मुल्य र मापदण्ड अनुसार ४० हजार कोभिड भ्याक्सिन र ३० हजार बालवालिका र किशोर किशोरीका लागि गरि कुल ७० हजार भ्याक्सिन खरिद गरि नगरपालिकालाई उपलब्ध गराईदिनु अनुरोध गर्नुभएको छ । आफ्ना नागरिकहरुलाई बचाउनका लागि बेदकोट नगरपालिकाले जति पनि खर्च गर्नुपर्ने हो त्यति खर्च गर्न तयार रहेको पत्रमा उल्लेख गरेको छ ।
नागरिक बचाउन सकियो भने विकास र समृद्धि हुदैँ जाने समेत पत्रमा उल्लेख गरेको छ । नगरपालिकाले आफैले खरिद गर्न खोजेपनि विभिन्न देशका विभिन्न कम्पनीहरुले सिधै भ्याक्सिन उपलब्ध गराउन नसक्ने अवस्था रहेकाले त्यसकारण खरिद कार्य संघीय सरकारले युद्ध स्तरमा खरिद गरी सहयोग गर्न समेत अनुरोध गरेको छ । प्रति भ्याक्सिन खरिद मूल्य तय गरी ७० हजार भ्याक्सिनको लागत स्टमेट तयार गरि बेदकोट नगरपालिकामा पठाई दिन हुन र सोही अनुसार बजेट व्यवस्थापन गरिने प्रतिबद्धता समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्