रुम्जाटारमा पिसिआर उपकरण राखिने

ओखलढुङ्गा – कोभिड–१९ को स्वाव परीक्षण गर्न जिल्ला अस्पताल रुम्जाटारमा पिसिआर उपकरण राखिने भएको छ । यसका लागि आज अर्थ मन्त्रालयले रु २५ लाख निकासा गर्ने निर्णय गरेको प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले उपकरण जडान पछि कोरोना परीक्षणमा थप सहजता आउने बताउनुभयो । उहाँका अनुसार सङ्कलित स्वाव परीक्षणका लागि विराटनगर र काठमाडौंँ पठाइने गरेको छ । प्रदेश सरकारले जिल्ला प्रशासन र जिल्ला अस्पताललाई कोभिड व्यवस्थापन र हर्कपुरमा होल्डिङ सेन्टर राख्न रु ३० लाख पठाइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्